दुर्घटनास्थलबाट सेनाको नाइटभिजनमा यसरी ल्याइयो चार शव (फोटोफिचर)

सुकेटार– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जनाको शव नेपाली सेनाको नाइटभिजनबाट सुकेटार विमानस्थलमा ल्याइएको छ। मन्त्री अधिकारसहितका चार वटा शव विमानस्थलमा ल्याइएको छ । तर मौसम खराब भएपछि बाँकी तीन वटा शव भने दुर्घटनास्थलमै छन्, ल्याउन सकिएको छैन।

चार वटा शव प्यारासुटमा झुण्ड्याएर हेलिकोप्टरमा विमानस्थल ल्याइएको हो। तर साँझ वर्षा र भिजिविलिटि कम भएपछि हेलिकोप्टर उड्न सकेन । बाँकी शव भोलि बिहान मात्रै संकलन गरिने भएको छ।

सुकेटार विमानस्थलमा सबै शव जम्मा गरेपछि काठमाडौं ल्याइने छ। यस्तै मन्त्री अधिकारीको भोलि नै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ।

शुक्रबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय पनि भएको छ। दुर्घटनास्थलबाट यसरी पुर्‍याईयो सुकेटार विमानस्थलमा शवः

   

फाल्गुन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्