यसरी ल्‍याइयो मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौँ (फोटो फिचर)

नेपाली सेनाको विमानबाट मन्त्री अधिकारीसहितको सातै जनाको शव त्रिभुवन विमानस्थलमा ओराल्दै। तस्बिर-सुलभ श्रेष्ठ/ देश सञ्‍चार

काठमाडौँ-ताप्लेजुङको सिस्नेभरिमा हेलिकप्टर दुर्घटनामा परी ज्‍यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौँ ल्याइएको छ।

बिहीबार ताप्लेजुङको सुकेटार विमानस्थलबाट शव लिएर आएको नेपाली सेनाको हेलिकप्टर त्रिभूवन विमानस्थलमा अवतरण भएको छ।

मन्त्री अधिकारीको शव हेर्न गृहमन्त्री रामबहादुर थापा बादल,  उपप्रधान एवं रक्षामन्त्री ईश्‍वर पोखरेल, संघीय  मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित लगायतका मन्त्रीहरु त्रिभुवन विमानस्थल पुगेका छन्।

बुधबार सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएका मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका नै नेपाली सेनासहितको उद्धार टोलीले सुकेटार विमानस्थल ल्याएको थियो।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा खिचेका तस्बिरहरु:

 

 

फाल्गुन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्