सप्तरीमा करेन्ट लागेर बावु-छोराको मृत्यु

सप्तरी-सप्तरीमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ।

जिल्लाको खडक नगरपालिका वाड नं. ९ बिलजा टोलमा करेन्ट लागेर बावु र छोराको मृत्यु भएको छ।

घर बनाउने छड सिधागर्ने विद्युतिय पोलमा छुँदा करेन्ट प्रभाव भएर स्थानीय ३५ वर्षीय वीरेन्द्र चौधरी र उनको १२ वर्षीय छोरा कृष्ण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

करेन्ट लागेर घाईते भएको बुवाछोरालाई लहान अस्पतालमा पठाईएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

फाल्गुन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्