ताप्लेजुङ हेलिकप्टर दुर्घटना

दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री ओलीको मुखबाट फुत्त निस्कियो, ‘ओभरलोड !’

ओभरलोड’- प्रधानमन्त्री केपी ओलीको मुखबाट तत्काल निस्किएको प्रतिक्रिया थियो जब उनले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबारे पहिलो पटक समाचार सुने।

बुधबार आफ्ना प्रमुख परराष्ट्र सल्लाहाकार राजन भट्टराईले संस्कृति, नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायत ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनाए पछि   प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिक्रिया दिएका थिए।

हेलिकोप्टरमार्फत पहाड या हिमालतिर जाँदा केही मानिसलाई ओरालेर  मात्रै जाने बानी थियो प्रधानमन्त्री ओलीको ‘ओभरलोड’ होला की भनेर। र, त्यसबारे जानकारी पनि राख्‍न खोज्थे।

ताप्लेजुङको हेलिकोप्टर दुर्घटना खराब मौसमसँगै ‘ओभरलोड’ हो की भन्‍ने आशंका गरिएका बेला प्रधानमन्त्र ओलीले त्यस्तो प्रक्रिया उक्त दुर्घटनाका खबर सुन्‍नासाथ दिएको स्रोत बताउँछ।

स्रोतका अनुसार वास्तवमा बुधबार दुर्घटनामा परको ‘एक्युरेल बी थ्री’ हेलिकोप्टरमा ७ सिट हुन्छन्। र नेपाली सेनाले त्यो चलाउँदा दुई जना पाइलट र चार जना यात्रु चढाउँदै आएको थियो। तर बुधबार संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा लगायत ६ जना यात्रु थिए उक्त हेलिकोप्टरमा। साथमा एक जना पाइलट पनि।

त्यसकारण पनि क्षमताभन्दा बढी यात्रु बोक्दा उक्त हेलिकोप्टर दुर्घटना भएको अनुमान बढ्दो छ। दुर्घटनमा दिवंगत पर्यटनमन्त्री अधिकारीकी पत्‍नी अधिकारीकी पत्‍नी विद्या भट्टराई र परिवारका अन्य सदस्यलाई भेट्न र सान्त्वना दिन पुलचोकस्थित मन्त्री निवासमा पुगेका थिए।

मन्त्री अधिकारी नातालले राजन भट्टराइका ज्वाइ हुन्। अधिकारीको दुर्घटनाको खबर प्रधानमन्त्रीलाई सुनाउँदा उनी पनि मर्माहत बनेका थिए।

स्रोतका अनुसार पर्यटनमन्त्री अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पा हतारमा थिए कारण मन्त्री अधिकारी बिहीबार जर्मनी जाने कार्यक्रम तय भएको थियो भने शेर्पा फ्रान्स जाने तयारीमा थिए त्यसै दिन।

काठमाडौँबाट तेह्रथुमको यात्रा तय गर्दा ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गर्ने कार्यक्रम थिएन उनीहरुसँग । तर सम्भावित चुहानडाँडा विमानस्थलको अनुगमनपछि पाथिभरा दर्शन गर्ने कार्यक्रम उनीहरुले यात्राकै क्रममा बनाएका थिए ।

पाथिभरा मन्दिरको दर्शन गरेपछि उक्त मन्दिरका पुजारीले आफ्नै घरमा उनीहरुलाई चिया समेत खुवाएका थिए।

पर्यटनमन्त्री अधिकारीले घरमा बुधबार एउटा महत्वपूर्ण भ्रमण रहेको सुनाएका थिए भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले आफ्ना सहयोगीले फोन गर्दा कुनै एउटा कार्यक्रममा बाहिर भएको सुनाएका थिए।

नागरिक उड्डयन प्राधिकरणको ‘बोर्ड’ को बैठकमा त्यसको आन्तरिक विमानस्थल हेर्ने निर्देशक धुव्र भोछिभोयाले आफूलाई हेलिकोप्टर चढन् मन नपर्ने भए पनि कतै जानु पर्ने बाध्यता सुनाएका थिए। त्यसको भोलिपल्ट पेशागत कामकै क्रममा उनले हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउन पुगे।

भोछिभोया काममा इमान्दार इन्जिनियर समेत हुन् । उनलाई पर्यटनमन्त्री अधिकारीले आफ्नो अन्तिम भाषणमा ‘इन्जिनियरका पनि इन्जिनियर’ भनेर चिनाएका थिए तेह्रथुममा।

त्‍यसो त  उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले परिवारका सदस्यलाई दुर्घटनमा परी ज्यान गुमाउनुभन्दा करीब आधा घण्टाअघि फोन गरेर म  घर आउँदैछु भनेर खबर गरेका थिए। तर त्‍यसको आधाघण्टापछि उनको  मृत्‍युको खबर आइपुग्‍यो टेलिभजनका पर्दाहरुमा। यसले उनको परिवारमा पर्नुसम्‍म बज्रपात पर्‍यो।  त्‍यहीबेलादेखि नै उनको परिवारमा सन्‍नटा छाएको छ, कोही पनि घरका सदस्य बोल्ने अवस्थामा छैनन्।

पर्यटनमन्त्रीसँगै ज्यान गुमाएका प्रधनमन्त्री कार्यालयका उप-सचिव युवराज दाहालको परिवारको अवस्था पनि उस्तै छ। उनले प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीलाई दुर्घटनामा पर्नुअघि काठमाडौँ आएपछि भेट्नुपर्छ है भन्दै करीब आधा मिनेट फोनमा कुराकानी गरेका थिए।

कतिपय व्यक्तिगत निर्णय अधिकारमा स्वतन्त्र हुन्थे भने यो कहाली लाग्दो दुर्घटनाबाट जोगिन्थे। हलिकोप्टर चढ्ने डर मान्‍ने इन्जिनियर भोछिभोयालाई बुधबार तेह्रथुम जान मन नलागेको कुरा सहकर्मीहरुलाई बताएका थिए।

मृत्‍युको मुखमा पुगिसकेका पर्यटनमन्त्रीसँगै नेपाली सेनाका सुरक्षागार्ड अर्जुन घिमिरे पनि बिरामी भएर छाउनस्थित वीरेन्द्र सैनिक अस्पतालबाट ‘डिस्चार्ज’ भएको तीन दिन मात्रै भएका थियो । तर उनले मन्त्री अधिकारीलाई ‘म बिरामी छु भन्‍न सकेनन्।

अर्जुनका काका श्याम घिमिरेका अनुसार परिवारका सदस्यलाई ‘निको त अझै भएको छैन तर ‘ड्यूटी’ मा जानै पर्‍यो भन्दै उनी ताप्लेजुङको चुहानडाँडा हिडेका थिए