मन्त्री अधिकारीको शोकमा अनेरास्ववियूका कार्यकर्ताले फाले दारी-कपाल

पोखरा-सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्‍जलि दिन गएका अनेरास्ववियूका कार्यकर्ताले आफ्‍नो दारी कपाल फालेका छन्।

मन्त्री अधिकारीको शोक मनाउन अनेरास्ववियू कास्की जिल्ला भूगोल कमिटी अध्यक्ष शेखर गौतम सहित १० जनाभन्दा बढी कार्यकर्ताले दारी कपाल फालेका हुन्।

यसअघि उनीहरुले मन्त्री अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जलि अर्पण गरेका थिए भने सर्वसाधारओले समेत लामबद्ध रुपमा बसेर मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि व्‍यक्त गरेका थिए। त्‍यसपछि मन्त्री अधिकारीिको शवयात्रा सुरु भएको थियो।

 

फाल्गुन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्