करेन्ट लागेर किशोरीको मृत्यु

साङ्केतिक तस्बिर

मार्तडी– बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना रहेको बाजुरा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए।

बुबासँगै मिलमा गएकी सिर्जनाले ओढेको पछौरा चलिरहेको मिलले तान्दा उनी लडेर  तारमा छोइएकाेले करेन्ट लागेर मृत्यु भएको उनले बताए।

मृतक किशोरीको शव परीक्षका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लागिएको छ। मिल मृतक किशोरीका बुबाले सञ्चालन गर्दै आएको बताइएको छ।

फाल्गुन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्