पाेखरामा छात्राको शव फेला

सांकेतिक तस्बिर

पोखरा –  पोखराको फेवाताल–६ मा आइतबार बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराएका छन् ।

नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आइतबार बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ ।

फाल्गुन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्