संघीयता विरोधि गतिविधि स्वीकार्य हुँदैनः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउत

जनकपुरधाम- मुख्यमन्त्री लालबाबु राउतले संघीयता विरोधी कुनै पनि गतिविधी आफुहरुलाई स्वीकार्य नहुने बताएका छन्।

चेतना नेपालद्वारा जनकपुरमा आयोजत संघीयता कार्यान्वयन विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सयौ मधेशी युवाहरुको बलिदानी बाट प्राप्त संघीयता समाप्त गर्ने षडयन्त्र कहिं कतैबाट भए त्यस्ता गतिविधी विरुद्ध प्रदेश सरकार अग्रणी मोर्चामा खडा हुने बताए।

संघीय सरकारले आन्तरिक सुरक्षाको नाउमा प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउँदै मुख्यमन्त्री राउतले संविधान र संघियताको भावना विपरित ल्याइएको आन्तरिक सुरक्षा सम्बन्धि विधेयक आफुहरुले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए।

संविधानको अक्षरशः पालना नै अहिले प्रमुख आवश्यकता रहेको जिकिर गर्दै उनले संविधानको भावना विपरित कुनै पनि गतिविधि भए आफुहरु सडक र सदन मात्र नभई संवैधानिक अदालत समेत जाने चेतावनी दिएका छन्।

यस्तै, प्रदेश सरकारले चाँडै आफनो शासन प्रशासन स्थापना गर्ने मुख्यमन्त्रीले दावी गरेका छन्।

फाल्गुन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्