पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा सोमबार शिव भक्तको उत्सव छ । शिवभक्तको महामेलाको रुपमा लिइने पशुपति क्षेत्रको महाशिवरात्रि मेलाका मुख्य आकर्षण हुन् योगी, साधु, सन्त–बाबाहरु ।

उनीहरु शिवरात्रिकै लागि नेपाल तथा भारतका विभिन्न ठाउँबाट पशुपति आउँछन् । जट्टा रुपी केस, शरीरभरि घसेको भस्म तथा निधारमा लगाएको चन्दन उनीहरुको शृङ्गार ।

कोही हवन गर्दै गरेका त कोही चिलिम तान्दै, धुवाँ फाल्दै गरेका भेटिन्छन् बाबाहरु । कोही बाबाको आंगमा वस्त्र देखिन्छ, कसैको हुँदैन ।

महाशिवरात्रिमा पशुपति क्षेत्रको विशेषता बनेका केही बाबाहरुका गतिविधि देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।