शिवभक्तहरुको महान उत्सव महाशिवरात्रि विशेष पूजा अर्चना गरि सोमबार मनाईँदै छ । हिन्दूहरुको आस्थाको केन्द्र एवम् भगवान शिवको पवित्र थाम पशुपतिनाथमा बिहानैदेखि लागेको दर्शनार्थीको घुईँचो रात पर्दा पनि कम भएको छैन ।

देशका विभिन्न क्षेत्र तथा भारतबाट आएका श्रद्धालु बिहानैदेखि पशुपतिनाथको दर्शनका लागि लामबद्ध भए । राति हुँदा पनि लाइनमा बस्नेहरु छन् ।

यस्तै वर्तहरुमा पनि पवित्र वर्त मानिने शिवरात्रि पशुपतिनाथमा बिताउनेहरुको भिड पशुपतिमा छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले राति पर्दै जाँदा देखिएको पशुपति क्षेत्रको दृश्य केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।