प्रदेश दुई आउने दिन अरु प्रदेशभन्दा समृद्ध हुन्छ-स्वास्थ्य मन्त्री यादव

जनकपुरधाम- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश-२ आगामी दिनमा अरु प्रदेश भन्दा समृद्ध हुने बताएका छन्।

वर्तमान अवस्थामा रहेको निराशालाई नहेर्न भन्दै मन्त्री यादवले यो प्रदेश विकास लगायत अन्य सबै कुरामा अरु प्रदेश भन्दा राम्रो हुने बताएका छन्।

मंगलवार सिएनआईको आयोजनामा जनकपुरधाममा आयोजित प्रदेश नं. २ को समृद्धिको मार्गचित्र भन्ने अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले अहिले परिवर्तन भएको राजनीतिक अवस्थालाई आर्थिक परिवर्तन सँग जोडन सकिएनभने परिवर्तन टिक्न नसक्ने बताए

अब आर्थिक परिवर्तन र सामाजिक परिवर्तन नभए यो देशमा परिवर्तनको कुनै काम नरहेको भन्दै मन्त्री यादवले लगानी गर्ने क्षेत्रको सम्भावना प्रदेश नं. २ मा रहेको भन्दै भैरहवा, लुम्विनीमा ७ वटा फाईभ स्टारहोटलको प्रोजेक्ट चलिरहेको समेत जनाएका छन् ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकको समृद्धिमा निजि क्षेत्रको ठुलो योग्दान हुने बताएका छन्।

पुर्वाधारलाई सहि ढंगले बढि भन्दा बढि प्रयोग गर्न सक्दा उो मुलुककै सबैभन्दा समृद्ध प्रदेश हुने उनले बताए। यस प्रदेशको भुभाग सबैभन्दा बढि उपजाउ भएकोले यस प्रदेशमा कृषिको ठुलो सम्भावना रहेको मुख्यमन्त्रीको भनाई थियो ।

२१औँ शताब्दीमा सबैभन्दा महत्वपुर्ण सम्पती मानव स्रोत रहेकोले अहिलेको अवस्थामा यस प्रदेशमा यो स्रोत रहेकोले यसको सदुपयोग गर्न सकियो भने समृद्धीको बाटोमा जाने मुख्यमन्त्री राउतले उल्लेख गरे । प्रदेशको समृद्धीको लागि यस प्रदेशमा कृषिमा आधारीत उद्योग संचालनमा आउँदा बेरोजगारीको समस्या समेत हट्ने बताए ।

यस्तै, कार्यक्रममा उपस्थित विज्ञहरुले जनकपुरधामको माछाको नाममा देशभरी अन्य ठाउँमा माछा विक्री भएकोले यस माछापालनलाई व्यवस्थित गर्न समेत सुझाएका छन् ।

फाल्गुन २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्