टोटनह्याम च्याम्पियन्स लिगको अन्तिम ८ मा

इंग्लिस क्लब टोटनह्याम च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा पुगेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई १–० ले हराउँदै समग्रमा ४–० को जितसहित टोटनह्यामले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा टोटनह्यामले ३–० को जित निकालेको थियो । अवे मैदानमा भएको दोस्रो लेगमा टोटनह्याम पहिलो हाफमा गोल रहित बराबरीमा रोकियो । दोस्रो हाफको सुरुमै ह्यारी केनले गोल गरे।

केनले ४८ औँ मिनेटमा गरेको गोल नै माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई दोस्रो लेगमा जित दिलाउन पर्याप्त बन्यो ।

टोटनह्याम सन् २०११ यता पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेको हो ।

यस्तै ह्यारी केन टोटनह्यामबाट युरोपियन प्रतिस्पर्धामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले युरोपियन प्रतिस्पर्धामा २४ गोल गरेका छन् ।

फाल्गुन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्