टीकापुर हत्याकाण्ड

रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे

रेशम चौधरी। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

धनगढी – टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।

लक्ष्मण चौधरी लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । तर उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको हो ।
अदालतले पक्राउ परेका तीनजना निर्दाेश रहेको ठहर गरेको छ ।

फाल्गुन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्