रोकिनु पर्छ,सूर्य-पृथ्वी आकाश, नाथे सडक !

रोकिनु पर्छ
सूर्य-पृथ्वी आकाश
नाथे सडक !

अन्धो सडक
भड्खालोमा पुर्यायो
खोल्छु त्रिनेत्र !

किन दौडन्‍न ?
स्वतस्फूर्त सडक
बेमोज-भोज !

अझै रोकिन्छ
यो धुलाम्य सडक
शक्ति नचिन्दा !

म हिँड्ने बाटो
फूलको सुगन्ध खै ?
काँडा किन नि ?

अझै बाँकी छ
हिन्हिनाएर घोडा
छेड्नुछ बाटो ।

न उड्न दिन्छौ
न गुड्न निश्चिन्त नै
कहाँ तैरिउँ ?

सडकसँग
कुरा गरेर आज
मन साटैाँ कि !

तरिसकेँ म
आक्रोसको जंघार
लैारो चाहिन्‍न।

बिर्सनु नै छ
अभ्यागत आतंक-
तिक्त अतित

फाल्गुन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्