राप्रपाको स्वाभिमान यात्रा दाङमा

‘हिन्दू राष्ट्रको मागमा सरकार गम्भीर नभए चैत पहिलो हप्ताबाट जनसंघर्ष’

दाङ-राप्रपाका अध्‍यक्ष कमल थापाले हिन्दू राष्ट्रसहितको मागमा सरकार गम्भिर नभए चैत पहिलो हप्ताबाट जनसंघर्षमा जाने चेतावनी दिएका छन्।

राप्रपाले थालेको स्वाभिमान यात्रा अन्तर्गत दाङमा भएको सभालाई सम्बोधन गर्दै अध्‍यक्ष थापाले भने, ‘सरकारले हाम्रा कुराहरु सुनेन भने चैत पहिलो हप्तादेखि देश व्यापी जनसंघर्ष थाल्छौं’ उनले राप्रापाको मागहरुमा सरकारले भरपर्दो आधारसमेत दिनु पर्ने भन्‍दै यसलाई अटेरी गरेमा जनसंघर्ष अघि बढ्ने जिकिर गरे।

अध्यक्ष थापाले २२ बुँदे ज्ञापन पत्रमा रहेको भन्‍दै पत्रमा उल्लेख गरिएका बिषयहरु कार्यान्वयन नगरे देश दुर्घटनामा जान सक्‍ने भन्‍दै भने, ‘ जातीय रुपमा नेपालीहरुलाई बिभाजित गर्न खोजिदैछ’उनले भने–‘एक अपासमा लडाउने खेल हुदैछ । सबै सचेत बन्नुपर्ने बेला आएको छ।’

कार्यक्रममा २०४७ साल यताको आर्जन भएको सम्पत्तिको छानबिन हुनुपर्ने माग दोहोर्‍याए ‘नेपाली जनताले तिरेको करबाट भ्रष्टाचार गरि राखेको अकुत सम्पतिको तुरुन्त छानबिन हुनु पर्छ’उनले भने–‘जो गरिब छ। विपन्‍न छ। त्यस्ता समुदायलाई आरक्षण कोटामा स्थान दिनु पर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थालेको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा लमही देखी पश्चिम तर्फ अघि बढेको छ।

उनले लमहीमा भएको छोटो कोण सभालाई सम्वोधन गरेका थिए।यसअघि थारु पोशाकमा सजिएका महिला तथा युवतीले स्वाभिमान यात्राको नेतृत्व गरेका राप्रपाका अध्यक्ष कमल थापालाई स्वागत गरे। प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुदे ज्ञापन पत्र बुझाएपछी राप्रपाले तिनै बिषयको बारेमा जानकारी गराउन स्वाभिमान यात्राको नाम दिएर मेची-महाकाली दौडाहा अभियानमा जुटेको हो।

फाल्गुन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्