काम गरेरै नारी दिवस मनाउँदै महिला प्रहरीहरु

काठमाडाैँ – अन्तर्राष्ट्रिय नारी दिवस शुक्रबार विविध कार्यक्रम गरि मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपति प्रधानमन्त्री लगायतले शुभकामना सन्देश जारी गरेका छन् भने सरकारले सार्वजनिक बिदा दिएको छ ।

कतिपय महिलाहरु धुमधामका साथ नारी दिवस मनाउन व्यस्त छन् भने कतिपय आफ्नै काममा । हुन त प्रहरीलाई चौबिसै घण्टा डिउटी गर्नुपर्ने जागिरका रुपमा बुझिन्छ । कहाँ कतिबेला के हुने हो भनेर चनाखोका साथ बसिरहेका हुन्छन् उनीहरु डिउटी बाहेककाे समयमा पनि ।

डिउटीको समयमा त झन उनीहरुको व्यस्तता अझ धेरै हुन्छ ।

शुक्रबार सबैतिर नारी दिवसको रमझम रहेका बेला डिउटीमा खटिएका महिला प्रहरीहरुको तस्बिर क्यामेरामा कैद गरेकी छन् देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले ।

फाल्गुन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू