राष्ट्रवादीको, सि.के.बाट इलाज, के.सी. डाक्टर !

केसीको उल्टो
सिके भएपछि त
पिके भइन्‍न?

महान नेता !
राउत भित्रिए  कि
तिमी बाहिर ?

केसी धोकामा
सिके आए ढोकामा
दूध डोकामा ?

सिके स्वागत-
केसी कसिंगर हो?
नयाँ नेपाल !

कसको बुई ?
दुई तिहाइ फुइँ
बिर्सियौ भुइँ?

आस्था ढलि’गो
सरकार गलि’गो
न्याय बलि भो

राष्ट्रवादीको
सि.के.बाट इलाज
के.सी. डाक्टर !

फाल्गुन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्