दुर्घटनाग्रस्त इथियोपियन विमानमा १४९ यात्रु

फाइल तस्बिर

एजेन्सी– इथियोपियाबाट केन्याका लागि उडेको इथियोपियन एयरलायन्सको दुर्घटनाग्रस्त बोइङ ७३७ जेड विमानमा १४९ यात्रु र चालक दलका सदस्य सवार रहेको बताइएको छ।

इथियोपियन एयरलाइन्सले आफ्नो विमान दुर्घटना भएको पुष्टी गरेको छ।

विमान कम्पनीका प्रवक्ताका अनुसार विमान दुर्घटना स्थानिय समयअनुसार विहान ८ बजेर ४४ मिनेटमा भएको थियो।

अहिलेसम्म यात्रु तथा चालक दलका सदस्यको अवस्थाको बारेमा एयरलाइन्सले कुनै जानकारी सार्वजनिक गरेको छैन।

एयरलाइन्सका प्रवक्ताले भने,‘इथियोपियन एयरलाइन्सका कर्मचारीलाई दुर्घटनास्थलतर्फ पठाएर आपतकालिन सेवाको लागि हरसम्भव प्रयास भइरहेको छ।’

दुर्घटनाप्रति इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गरेर दुःख व्यक्ति गरेका छन्।

फाल्गुन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्