ट्राफिकलाई प्रोत्साहन भत्ता सिफारिस, कार्यालय सहयोगीदेखि डिएसपीसम्मलाई भत्ता

काठमाडौँ-गृहमन्त्रालयले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता सिफारिस गरेको छ।
गृहले ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धि निर्देशिका २०७५ अनुसार १० देखि ३५ प्रतिशतसम्म भत्ताका लागि सिफारिस गरेको हो।यो प्रस्ताव अर्थ मन्त्रालयले स्विकृत गर्नुपर्ने छ।
यो काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीलाई मात्र लागू हुने छ।
प्रोत्साहन भत्ताअनुसार प्रहरी नायब निरिक्षक-डीएसपीले १० प्रतिशत, प्रहरी निरीक्षक-इन्सपेक्टरले २० प्रतिशत तथा प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरिक्षकले समान २५ प्रतिशत प्रोत्साहन भत्ता पाउने छन्।
यसैगरी हवल्दार, जवान र कार्यालय सहयोगीलाई समान ३५ प्रतिशत प्रोत्साहन भत्ता दिन सिफारिस गरिएको हो।
महाडनगरीय ट्राफिक प्रहरी महाशाखा प्रहरी नायब महानिरिक्षक-डीआईजीको कमान्डमा रहन्छ।