थारु कल्याणकारिणीले भन्यो, ‘कैलाली जिल्ला अदालतको फैसला मान्दैनौ, शान्तिपूर्ण संघर्ष गर्छौ’

दाङ-टीकापुर हत्याकाण्डको बिषयमा जिल्ला अदालत कैलालीले गरेको फैसलाप्रति थारु कल्याणकारी सभा आपत्ति जनाएको छ।

थारु कल्याणकारिणी सभा देउखुरी, दाङले प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर घटनापछि थारु र थरुहटका नेता कार्यकर्तामाथि विभिन्न झुठा मुद्दा लगाएर थुनामा राखेको जनाएको छ।

साथै उसले टीकापुर घटनामा नेपाल प्रहरीको छानविन निष्पक्ष नभएको भन्दै न्यायिक छानविन आयोगले दिएको प्रतिवेदनको आधारमा मुद्दाको टुङगो लगाउन माग गरेको छ।

क्षेत्रीय सभापति चेतराम चौधारीले जारी गरेको विज्ञप्तीमा आफ्ना कार्यकर्तालाई शान्तिपूर्ण संघर्षका लागि मानसिक रुपले तयार रहन अपिल गरिएको छ।

फाल्गुन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्