स्टक एक्सचेन्जमा सूचिकरण भयो सानिमा डिबेन्चर

काठमाडौँ – सानिमा बैंक लिमिटेडको अंकित तथा चुक्ता मुल्य एक हजार कायम भएको ऋणपत्र १३ लाख ५४ हजार ७१२ थान ‘१० प्रतिशत सानिमा डिबेन्चर(२०८५’ नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

आइतबार सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे ।

उक्त ऋणपत्रको बार्षिक १० प्रतिशत व्याजदर रहेको तथा १० वर्षमा साँवा फिर्ता भुक्तानी हुने गरि बैंकले काठमाण्डौ क्यापिटल मार्केट लिमिटेडको बिक्री प्रबन्धकत्वमा जारी गरेको थियो । सानिमा बैंकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७२ वटा ए.टि.एम रहेको छ ।

फाल्गुन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्