पहिलो प्याकेजिङ्ग एक्स्पो मंगलबारदेखि हुने

काठमाडौँ – प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो “प्याकप्रोटेक २०१९” काठमाडौँमा हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फाल्गुन २८ गतेदेखि ३० गतेसम्ममा हुन लागेको यो पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्यूट अफ प्याकेजिङ्ग मेसिनरी म्यानुप्mयाक्चरर्स अफ इन्डिया तथा ईआरएम कन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

नेपालको खाद्य तथा एफएमसिजि बजार १७ प्रतिशतको द्रुत दरमा वृद्धी भइरहेको छ, जुन विश्वको औसत २ देखि ३ प्रतिशतको आँकडा भन्दा धेरै गुणा ठूलो हो । नेपालमा चाउचाउ, कन्फेक्सनरी र चुरोटको बजार सबैभन्दा बढी वृद्घि हुने क्षेत्रमा पर्दछन् भने पेय पदार्थ २० प्रतिशत र वस्तु उत्पादनको वृद्घि २५ प्रतिशतमा रहेको छ । यसै गरि प्लाष्टिक उद्योग ११ प्रतिशतको दरले वृद्घि भइरहेको छ ।

थोरै लगानी तथा कामको माग रहेको नेपाली बजारमा प्याकप्रोटेक २०१९ ले संसारमा प्रचलित विभिन्न प्याकेजिङ्ग तथा यसमा आएका प्रविधिहरुको प्रदर्शन गर्नेछ । यस एक्स्पोमा फ्लेक्जीबल प्याकेजिङ्ग सिस्टम, सेकेण्डरी प्याकेजिङ्ग, कार्टन र विभिन्न प्रकारका लेबलहरुको पनि प्रदर्शनी गरिने छ ।

प्याकप्रोटेक हालमा नेपालको एकमात्र प्याकेजिङ्ग इभेन्ट हो । कम्पनी तथा ब्राण्ड, खाद्य–प्रशोधन तथा पेय पदार्थ, फार्मास्यूटीकल्स उपकरण, तथा वस्तु उत्पादनसंग सम्बन्धित उद्योगमा संलग्न व्यक्तिहरुको सहभागिता यस एक्स्पोमा हुनेछ ।

फाल्गुन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्