मकवानपुरमा जन्तीबस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडाैँ – मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भीर रहेको मकवानपुरका एसपी मुकेश सिंहले जानकारी दिए ।

अहिले उद्दार चलिरहेको छ। भक्तपुरबाट जन्ती बोकेर हेटौडातर्फ जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस चैनपुर डाँडामा दुर्घटना भएको हो ।

राजमार्गको घुम्तीमा दुर्घटना भएको र बस सडकबाट झण्डै २० मिटर तल खसेर रुखमा अड्एिको एसपी सिंहले बताए ।

घटनास्थलको प्रकृति हेर्दा चालकले घुम्तीमा नियन्त्रण गुमाएका कारण दुर्घटना भएको हुन सक्ने एसपी सिंहले बताए ।

फाल्गुन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्