२२ वर्षपछि सँगै देखिए माधुरी र सञ्जय, चर्चामा थियो अफयर

सञ्जय दत्त–माधुरी दिक्षितको जोडिले बलिउडमा धेरै ओटा हिट चलचित्र खेलेका छन्। दुवैको अफयरले बलिउडमा धेरै चर्चा पायो। तर दुई बिचमा सम्बन्ध बिग्रियो अनि रियल लाइफ र रिल लाइफ दुवैमा यो जोडि टुट्यो।

माधुरी र सञ्जयको जोडिलाई सँगै देख्ने चाह भएका फ्यानहरु अहिलेपनि छन्। उनीहरुको यो चाह २२ वर्ष पछि पूरा भएको छ, चलचित्र कलंकमा।

पहिला चर्चा थियो चलचित्रमा सँगै देखिँदैछिन्, तर साथ सुटिङ गर्दैनन्। माधुरी र सञ्जय दत्तले यो हल्लालाई गलत सावित गरेका छन्। कलंकको सार्वजनिक टिजरमा उनीहरुले फ्यानलाई सप्राइज दिए। दुई मिनेट पाँच सेकेण्डको टिजरमा माधुरी र सञ्जय एउटै फ्रेममा देखिएका छन्।

टिजर लञ्च कार्यक्रममा पनि सञ्जय दत्त र माधुरी दिक्षित ट्युनिङ देखिएको थियो। जब सञ्जयलाई प्रश्न गरियो, ‘वर्षौ पछि माधुरीसँग काम गर्दा कस्तो अनुभव भयो ?’ उनले जवाफ दिए, ‘माधुरी म्यामसँग काम गर्नु मेरो सौभाग्य हो, सबै टीमसँग काम गर्दा राम्रो अनुभव रह्यो।’

यो भन्दा अगाडि सन् १९९७ मा चलचित्र ‘महानता’ मा काम गरेका थिए। दुवैले सन् १९८८ मा चलचित्र ‘खिलाडि, इलाका, साजन, खलनायक जस्तो चलचित्रमा काम गरेका थिए। यो समयमा दुवैको अफयर धेरै चर्चामा थियो। यासीर अहमदले सञ्जय दत्तमाथि लेखेको पुस्तक ‘सञ्जय दत्त–द क्रेजि अनटोल्ड लभ स्टोरी अफ बलिउड ब्याड ब्वाई’ मा सञ्जय र माधुरीको अफयरलाई जोडिएको छ।

किताबमा लेखिएको छ, सञ्जय दत्त टाडा मामलामा गिरफ्तार भए । यही समय दुवैमा मनमुटाव भयो। माधुरीका आमाबुवा पहिलाबाट नै यो सम्बन्धको बिरुद्धमा थिए। अभिनेता जेल गएपछि सञ्जयसँग दूरी बनाउन उपयुक्त मानिन् र प्रेम कहानी अन्त्य भयो। माधुरीले सञ्जयसँग चलचित्रमा काम गर्न पनि छोडिन् तर अहिले लामो समयपछि दुई स्टार एक साथ देखिएका छन्।

फाल्गुन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्