बोइङ ७३७ म्याक्स भारतीय हवाई क्षेत्रमा उड्न नपाउने

इथियोपियामा भएको विमान दुर्घटनापछि विभिन्न देशले बोइङ ७३७ म्याक्स एट मोडलको जहाजमाथि प्रतिबन्ध लगाउने क्रम बढेको छ ।

अमेरिकाले प्रतिबन्ध नलगाए पनि बेलायत, जर्मनीसहितका युरोपेली देश, इथियोपिया, चीन, सिंगापुरसहितका ४० भन्दा बढी देशमा बोइङ ७३७ माथि प्रतिबन्ध लागेको छ । यो मोडलको विमानमाथि प्रतिबन्ध लगाउने देशको सूचिमा भारतको नाम पनि थपिएको छ ।

विज्ञापन

भारतको नागरिक उड्डयन मन्त्रालयले भारतीय हवाई क्षेत्रमा बोइङ ७३७ म्याक्सको प्रवेशमा रोक लगाएको हो । मन्त्रालयले ट्वीट गरेर बोइङको प्रवेशमा रोक लगाएको हो ।

उसले ट्वीटमा भनेको छ, ‘बुधबार बेलुका चार बजेपछि भारतीय हवाई क्षेत्रमा बोइङ ७३७ म्याक्स मोडलका कुनै पनि विमानलाई प्रवेशका लागि अनुमति दिइने छैन ।’

यसअघि मन्त्रालयले भारतबाट हुने बोइङ ७३७ म्याक्सको उडानमा रोक लगाएको थियो । भारतले भारतबाट हुने र आउने मात्रै नभएर भारतीय वायु क्षेत्र प्रयोग गर्न पनि नपाउने गरि बोइङ ७३७ म्याक्समाथि प्रतिबन्ध लगाएको हो ।

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्