ट्रकको ठक्करले युवतीको मृत्यु

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा बुधबार भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नम्बरको स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर दिँदा भण्डारी घाइते भएकी थिइन्।

उनको दमौली अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ११ः२५ मा मृत्यु भएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। भण्डारी म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाकी कर्मचारी हुन्। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्