रोजगार संयोजकका लागि आवेदन खुल्यो, कुन प्रदेशमा कति ?

काठमाडौँ– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा रहने सेवा केन्द्रमा रोजगार संयोजकको लागि आवेदन माग गरिएको छ। यसअघि आवेदन माग गरेर परीक्षा सञ्चालन गरिएको भएपनि आवश्यकता अनुसार उत्तिर्ण नभएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फेरि आवेदन माग गरेको हो।

यसअघि ७ सय ५३ वटै स्थानीय तहका लागि गत माघ ४ गते आवेदन माग गरिएको भएपनि ५ सय २१ जना मात्रै उत्तिर्ण भएका थिए। उत्तिर्ण गरेका मध्ये पनि ३६ जना सम्झौता गर्न नआएपछि मन्त्रालयले २ सय ६८ जनाका लागि आवेदन खुल्ला गरेको हो।

मन्त्रालयले करारमा २ सय ४९ जना शाखा अधिकृत र १९ जना नायव सुव्बा सरहका कर्मचारी भर्ना लागेको हो। योग्यता पुगेका नागरिकले फागुन ३० गतेदेखि चैत ९ गतेसम्ममा प्रधानमन्त्री कार्यलयको वेवसाइट www.pmep.gov.np मार्फत अनलाइन दरखास्त पेश गर्नुपर्नेछ।

संयोजकका लागि छनोट भएका कर्मचारीले अर्को वर्षको फागुन २५ गतेसम्मको नियुक्ती पाउने छन्।

कुन प्रदेशमा कति ? 

 

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्