जसले हिन्दु केटाको प्रेमका लागि घर छाडिन्

आइशा र आदित्यको भेट फेसबुकमा भएको थियो। जतिवेला उनीहरु नाबालकै थिए। आइशाले फेसबुकमा आफ्नो असली नाम र फोटो राखेकी थिइनन्। तर पनि उनीहरुबिच कुराकानी भने भइन्थ्यो।

उनीहरुले फेसबुकमा गफगर्ने क्रम निरन्तर दुई वर्षसम्म चल्यो। आइशा बेङलोरमा बस्थिन्, आदित्य दिल्लीमा। एक अर्काको अनुहार नदेखेरै, नभेटेरै उनीहरु प्रेममा परे।

अहिलेको जमानामा पनि साँचो पे्रममा विश्वास गर्ने कोहि केटा हुन्छन् भन्ने आइशालाई विश्वास थिएन। त्यसैले पनि उनी पर्खिरहिन्। उनले आदित्यलाई एकपटक भुक्किएर आफ्नो आँखाको तस्बिर पठाइन्। एकदिन आदित्य दिल्लीबाट बेङ्लोर पुगे। त्यसपछि मात्रै आदित्य र फेसबुककी इरम खान उर्फ आइशाको भेट भयो।

आदित्य भन्छन्,– ‘हाम्रो भेट भएको थिएन तर उनी मुस्लिम हुन् भन्ने मलाई सुरुदेखि नै थाहा थियो। म हिन्दु हुँ। हाम्रोबिचमा धर्मको विषय कहिल्यै ठूलो भएन। तर हाम्रो परिवारका लागि भने हाम्रो सम्बन्ध स्वीकार थिएन।

आदित्यको परिवारले धर्म परिवर्तन नगरी विवाह स्वीकार नगर्ने स्पष्ट पारिसकेको थियो। तर दुवैजना आफ्नो पहिचान गुमाउन चाहँदैनथे। यसैबीच आइशाले घर छोड्ने निर्णय गरिन्। परिवारले उनलाई रोक्न कोसिस गरे। तर उनी आदित्यको साथमा दिल्ली आइन्। उनीहरु दिल्लीमा लिभ–इन रिलेशनशिपमा बस्न थाले।

आइशा भन्छिन्,‘पाँच महिनासम्म मैले आफुलाई एउटा कोठामा बन्दी बनाएँ। कसैले मलाई मारिदिने होकि भन्ने डरले बाहिर निस्कन पनि सकिन। किनकी म मुस्मिल हुँ।’

मुस्लिम केटीसँग प्रेम सम्बन्धमा भएका कारण त्यतिबेला दिल्लीमा एक २३ वर्ष युवक अंकित सक्सेनाको हत्या भएको थियो।
उक्त हत्या प्रकरणमा केटीको परिवारका सदस्यहरु पक्राउ गरे। जुन मुद्दा अहिले पनि चलिरहेको छ। इज्जतको नाममा हुने यस्ता हत्याले आइशालाई खतरा आफ्नो नजिकै आइरहेको अभास हुन्थ्यो।

एकातर्फ जागिर खोज्नु पर्ने बाध्यता थियो भने अर्कोतर्फ विवाह गरेर कानुनी रुपमा सुरक्षित हुनु थियो। आइशा र आदित्यसँगै त थिए तर बाहिरी संसारदेखि एक्लिएका थिए। इन्टरनेटको माध्यमबाट जोडिएको उनीहरुको सम्बन्धमा एकपटक फेरिपनि इन्टरनेटले नै उनीहरुको जिन्दगीलाई नयाँ मोड दियो।

जानकारीको खोजी गर्ने क्रममा एकदिन उनीहरुको भेट रानू कुल श्रेष्ठ र आसिफ इकवालसँग भयो। यो जोडी पनि उनीहरु जस्तै दुई अलग–अलग धर्मबाट आएका थिए।

उनीहरुले सन् २००० मा ‘स्पेशल म्यारिज एक्ट’ को माध्यमबाट विवाह गरेका थिए। अहिले उनीहरु ‘धनक’ नामको संस्था चलाईरहेका छन्।
उनीहरु आइशा र आदित्य जस्ता जोडीलाई ‘एक्ट’ को बारेमा जानकारी दिने, काउन्सिलिङ गर्ने र बस्नका लागि सेफ हाउसको सुविधा दिने जस्ता काम गरिरहेका छन्।

स्पेशल म्यारिज एक्ट १९५४ का अनुसार धर्म परिवर्तन नगरेर पनि अलग–अलग धर्मका मान्छे पनि कानुनी तरिकाले विवाह गर्न सक्छन्। जसका लागि दुवैजनाको उमेर कानूनी रुपमा विवाहको लागि योग्य, मानसिक रुपमा स्वस्थ र आफ्नो निर्णय आफैँ गर्न सक्ने हुनुपर्दछ।

यसका लागि जिल्लाको म्यारिज अफिसरलाई सूचना दिनुपर्छ। सूचना दिनु भन्दा कम्तीमा ३० दिन अगाडी विवाह गर्ने जोडी उक्त ठाउँको निवासी हुनुपर्ने व्यवस्था गर्नु पर्ने हुन्छ।

एक महिनासम्म उक्त सूचना सार्वजनिक गरिन्छ। यस क्रममा परिवारले पटक पटक असहमति जाहेर गर्न सक्छन्। यदि कुनै आपत्ति भएन कुनै आपत्ति भएन भने मात्रै विवाहको प्रस्ताव स्वकार गरिन्छ। तर यो कानुन भारत प्रशासित कश्मिरमा भने लागू हुँदैन।

आइशा र आदित्यको भेट ‘धनक’ संग जाडिएको अरु कैयौं जोडीहरुसँग पनि भयो। उनीहरुका लागि अचानक एउटा नयाँ परिवार भेटियो। अब उनीहरु दुनियाँमा एक्लो थिएनन्। हेरक जोडीको कथामा आफ्नो प्रेमकाहनीको अंश देख्थे।

विस्तारै डर हराउन थाल्यो। आइशाले पनि काम शुरु गरिन्। आइशा भन्छिन्– ‘पहिला लाग्थ्यो, हामीसंगै त बस्न थाल्यौँ, एकदुई वर्षमा हामीलाई मारिदिन्छन्, तर जब रानू र आसिफलाई भेट्याँै त्यसपछि लाग्न थाल्यो– यस्तो पनि जिन्दगी सम्भव छ, खुसी सम्भव छ।’

रानूका अनुसार यस्ता जोडीमा आत्मविश्वास हुन एकदमै जरुरी हुन्छ। किनकी बाआमाको निर्णय नमानेपछि हुने आत्मग्लानीले सधैं पोलिरहन्छ। यसकारण उनी परिवारसँग कुराकानी गर्नको लागि बाटो सधैँ खुला राख्नु पर्ने सल्लाह दिन्छिन्।

यसबाट फाइदा पनि हुन्छ। किन कि आफ्ना छोराछारी एकआपसमा खुशी छन् भन्ने अविभावकले पनि थाहा पाउँछन्।
रानू भन्छिन् ‘समाजमा डरको माहोल सिर्जना गरिएको हुन्छ। यदि परिवारले आफ्ना बच्चाहरु माथि विश्वास गरेर कट्टर विचारधारा राख्ने संगठनसँग टाढै बसेको खण्डमा बाहिरको माहोलले खासै अर्थ राख्दैन।’

पछिल्ला दिनमा आदित्य आफ्ना बुवाको व्यापारमा साथ दिन थालेका छन्। उनका बुवाले कुनैदिन अइशाले धर्म परिवर्तन नगरे पनि आफ्नो बुहारी स्वीकार्ने छन् भन्ने आशा छ।

रानूका अनुसार, ‘छोरा परिवारको उत्तराधिकारी हुन्छन्, वंश चलाउँछन्, यसकारण छोरासँग सम्बन्ध राख्नुपर्ने परिवारको वाध्यता हुन्छ। तर छारीलाई सधै नियन्त्रणमा राख्न खोजिन्छ।’

आदित्यका अनुसार यो उनको जिन्दगीको एक कठिन यात्रा हो। यस्तो अवस्थामा कैयौँ सम्बन्ध र सपनाहरुको बिचमा सन्तुलन बनाएर अघि बड्नु पर्छ।’
आदित्य र आइशा ‘स्पेशल म्यारिज एक्ट’को माध्यमबाट विवाह गर्न चाहन्छन्। आफ्नो खुट्टामा उभिएर आफ्नो गृहस्थी आफै चलाउन चाहन्छन्।

अब उनीहरुको उमेर २१ वर्ष भैसक्यो। एकअर्कामाथि उनीहरुको विश्वास छ। आदित्य आइशाको हिरो हो। उनलाई सधै हौसला दिइरहन्छ।
आदित्य भन्छन्, पहिलो लडाई आफैसँग थियो,त्यो जितियो। दोस्रो लडाई परिवार र समाजसँग छ।’ अब दुबैजना एकसाथ छौँ। दुवै मिलेर यो लडाई पनि जित्ने छौँ।

स्रोत-बिबिसी हिन्दीबाट

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्