सूचना प्रविधिको बारेमा बुझ्‍न अमेरिकी राजदूत नेपालगञ्जमा

नेपालगञ्ज– नेपालका लागि अमेरिकी राजदुत रेण्डी बेरीले नेपालगञ्जमा आएर स्थानीय तहमा भएका सूचना प्रविधिका विषयमा जानकारी लिएका छन्।

अमेरिकाले केही स्थानीय तहमा सहयोग गरेको सूचना प्रविधिबारेमा बुझ्न राजदुत नेपालगञ्ज आएका थिए। नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा सूचना प्रविधिका विषयमा अन्तरक्रिया गरिएको थियो।

अन्तरक्रियामा मेयर धवलशमशेर राणा र उपमेयर उमा थापामगरले विविध विषयमा बारेमा जानकारी गराएका थिए। मेयर राणाले सूचना प्रविधिले कामकारवाहीमा ठूलो सहयोग गरेको बताएका थिए।

राजदुत बेरी नेपालगञ्ज–१८, कारकाँदो पुगेर डिजिटल सेवाको सुभारम्भ गरे। वडाध्यक्ष दीपक बर्माले डिजिटल डिस्प्ले बोर्डमार्फत सेवाग्राहीलाई उपमहानगरपालिका र वडा कार्यालयबाट हुने काम कारबाही र गतिविधि सार्वजनिक गर्ने बताए।

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्