नेपाली फिल्म प्रोमोसनका लागि गुल्सन ग्रोबर काठमाडौंमा !

ललितपुर-भारतीय कलाकार एवं बलिउड फिल्म उद्योगका चर्चित खलनायक गुल्सन ग्रोबर काठमाडौं आइपुगेका छन्।

उनी नेपाली फिल्म ‘द म्‍यान फ्रम दि काठमाडौं’को प्रोमोसनका लागि नेपाल आइपुगेका हुन।

फिल्मको प्रोमोसनका लागि उनी ललितपुरस्थित पाटन दरवारस्वायरमा देखिएका थिए।

प्रोमोसन कार्यक्रममा गुल्सनसँग नेपालीहरुले कुराकानी समेत गरेका थिए भने उनलाई हेर्नेको भिड नै लागेको थियो।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका छन्।

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्