पूर्वराजा ज्ञानेन्द्र शाहको मधेश यात्रा

जनकपुरमा गुञ्जियो ‘राजा आऊ देश बचाऊ’

जनकपुरधाम-जनकपुरमा पुर्वराजा ज्ञानेन्द्र शाहको आगमन हुने वितिकै राजा आऊ देश बचाऊको नारा गुन्जिएको छ।

झापाबाट स्थलमार्ग हुँदै बुधबार साँझ जनकपुरधाम पुगेका पुर्वराजा शाहलाई होटल सीताशरण पुग्ने बित्तिकै राजावादी र समर्थकहरूले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ को नारा लगाएका छन्।

राजावादीहरुले पूर्वराजा शाहको स्वागतका लागि उनका समर्थकहरु अपरहाहन्न देखी नै राजा बस्ने होटल अगाडी कुरेर बसेका थिए।

गाडीबाट झर्ने बित्तिकै राजालाई उनका समर्थकहरुले फूलमाला लगाएका थिए भने संचारकर्मीलाई उनले समय नदिदैं होटेल छिरेका थिए पुर्व निर्धारित कार्यक्रम अनुसार पूर्व ज्ञानेन्द्रको फागुन ३० गते सर्लाहीको प्रशिद्ध दुर्गा मन्दिर, चैत १ गते जनकपुरधामस्थित रामजानकी मन्दिर र चैत २ गते गाईघाटस्थित राधाकृष्ण मन्दिर र चैत ३ गते सप्तरीमा पुजापाठ गर्ने कार्यतालिका रहेको जनाइएको छ।

यता, अनिल बस्नेतको नेतृत्वमा शिव सेना नेपालको टोली र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विशेष सुरक्षा टोली उनको सुरक्षाका लागि होटल वरिपरी परिचालन गरिएको छ।

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्