हुण्डाइले ओपन गल्फ टुर्नामेन्ट २०१९को आयोजना गर्ने

काठमाडौं-नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिमेन्टल प्रालिले बिगतका वर्ष झैं यस वर्ष पनि हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९ को आयोजना गर्ने भएको छ।

यो टुर्नामेन्ट डिजाइन गोकर्ण गल्फ क्लबमा यहि आउदो शुक्रबार १५ र १६ मा हुने भएको छ।

उक्त ओपन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र तिन चौथाई ह्यान्डीक्यापमा खोलिने छ। यस टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फर्सशरुले प्रतिस्पर्धा गर्नेछन्।

यस टुर्नामेन्टमा ६० वर्ष उमेर माथिका लाई टाइटल विनर.(विजेता), फस्ट रनरअफ(उप–विजेता), सेकेन्ड रनरअफ(तेस्रो–विजेता), बेस्ट क्रस, लेडिज विनर(महिला विजेता), सिनियर विनर(विशिष्ट विजेता) र १७ वर्ष मुनिका हुण्डाई क्याट्यागोरी विनर, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मोस्ट ब्राइडस( क्याट्यागोरीमा विजेता घोषित गरिने छ।

यसका साथै होल इन वान विजेतालाई उपहारस्वरुप एकथान द अल न्यू हुण्डाई स्यानटोर गाडी प्रदान गर्ने घोषण गरिएको छ।

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू