मेस्सीले गरे रोनाल्डोको प्रशंसा

मेस्सीले क्रिष्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । रोनाल्डोको उत्कृष्ट प्रदर्शनको सहयोगमा शानदार पुनरागमन गर्दै युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाएपछि मेस्सीले रोनाल्डोको प्रशंसा गरेका हुन् ।

युभेन्टसले मंगलबार राति भएको खेलमा एथ्लेटिको मड्रिडलाई रोनाल्डोको तीन गोलको सहयोगमा ३–० ले हराउँदै समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो ।

यस्तै मेस्सीको उत्कृष्ट प्रदर्शनले बुधबार राति लियोनलाई ५–१ ले हराउँदै बार्सिलोनाले पनि अन्तिम ८ मा स्थान बनाएको छ । मेस्सीले युभेन्टसबाट रोनाल्डोले एथ्लेटिको मड्रिडसँगको खेलमा गरेको प्रदर्शन विशेष गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘रोनाल्डो र यभेन्टसले जे गरे त्यो उत्कृष्ट थियो । मलाई एथ्लेटिको बलियो लागेको थियो, तर युभेन्टसले उनीहरुलाई पाखा लगायो । रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे ।’

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्