गोयन्का स्टील कम्पनीमा आगलागी, नियन्त्रणको प्रयास जारी

फाइल तस्बिर

बुटवल– रूपन्देहीमा रहेको गोयन्का स्टिलको कम्पनीमा आगो लागेको छ।

मायादेवी गाउँपालिका स्थित बेथरीमा रहेको गोयन्का स्टीलको कम्पनीमा आगो लागेको हो। भैरहवा लुम्बिनी सडक अन्तर्गत बेथरी चोकदेखि करिव ५ सय मिटर पश्चिममा रहेको उक्त स्टील्सको फर्नेस आयलमा आगो सल्केको बताईएको छ।

सिद्धार्थनगर नगरपालिका र तौलिहवाको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणको प्रयास भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए।

बेथरी प्रहरीले आगो निभाउने काममा सक्रियता देखाएको छ र जिल्लाको प्रहरी टोली, ससस्त्र प्रहरी तथा नेपाली सेनाको अग्निनियन्त्रण टोली घटनास्थल पुग्न लागेको प्रहरीले जनाएको छ।

अहिले सिद्धार्थनगर नगरपालिका र तौलिहवाको बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानियले आगो नियन्त्रण गर्ने प्रयास भई रहेको उनले बताए।

फर्नेस आयलको टंकीमा बिस्फोट भई आगो लागेको उद्योग व्यवस्थापनलाई उद्धृत गर्दै घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय बेथरीका प्रमुख लक्ष्मण बिकले बताए।

उक्त घटनामा मानविय क्षति नभएको र भौतिक क्षतिको बारे पुर्ण बिवरण आउन केही समय लाग्ने प्रहरीले बताएको छ। आगो के कति कारणले आगेको हो खुल्न सकेको छैन।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्