साफ महिला च्याम्पियन्सीप: भुटान र बंगलादेशबीचको खेल शुरु

मोरङ– विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत भुटान र बंगलादेशबीचको खेल शुरु भएको छ।  शहिद रंगशालामा जारी पाँचौं संस्करणको पहिलो खेलमा तीन शून्यले आयोजक राष्ट्र नेपालसँग पराजित भूटान जितको खोजीमा रहनेछ। बंगलादेशमा सन् २०१० देखि सुरु भएको साफको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको भुटानले हालसम्म कुनैपनि खेलमा जित हात पार्न सकेको छैन्।

दक्षिण कोरियाबाट झिकाएका भुटानका प्रशिक्षक सङ जाइ लि ले पनि आफ्नो टोली युवा भएकोले पनि साफ अनुभवका लागि सहभागि भएको जनाएका छन्। उनले जित भन्दापनि आफू भविष्यको टोली निर्माणमा केन्द्रित भएको बताएका छन्।

त्यसैगरि, एकपटक साफको उपविजेता बनिसकेको बङ्लादेश भने भूटानमाथि दबाव कायम राख्न चाहन्छन्। पहिलो साफबाटै अघि बढेको बङलादेशले हालसम्म १५ खेल खेलेको छ। जसमा ७ मा जित, १ मा बराबरी र ७ मा हारको सामना गरेको छ।

बङलादेशले चौथो संस्करणमा उपविजेता र त्यसअघि दुइपटक सेमीफाइनलसम्मको यात्रा तय गरेको छ। यद्यपि साफमा भूटानले हालसम्म १२ खेलमा एकमा बराबरी गरेको छ भने, १२ खेलमा हार ब्यहारेको छ।

भूटानले पहिलो साफमा श्रीलंकाविरुद्ध समान एक गोलको बराबरी गरेको थियो। त्यसयता भूटानको टोली जितको खोजीमा रहेको छ।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्