बंगलादेश र भुटान भिड्दै,पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडौ‌ं- विराटनगरमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा साविक विजेता बंगलादेशले अहिले भुटानसँग खेलिरहेको छ।

पहिलो हाफको समाप्तीमा दुवै टोलीबाट गोल हुन सकेको छैन। यी टोली रहेको समूहको पहिलो खेलमा नेपालले भुटानलाई ३-० गोलले हराएको थियो। नेपालले दोस्रो तथा अन्तिम खेल शनिबार बंगलादेशविरुद्ध खेल्ने छ।

 

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्