दोस्रो हाफमा बङलादेश २-० गोलले अगाडि

मोरङ-विराटनगरमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको दोस्रो हाफमा बङलादेश २-० गोल गर्न सफल भएको छ।

बङलादेशका लागि मध्यपत्तिका याहान मौषमीले हेडमार्फत गोल गरिन्। यस्तै अग्रपंक्तिका सबिना खातुनले डि बक्सभित्रबाट सुन्दर गोल गर्दै टोलीलाई दुई शुन्यको अवस्थामा पुराएकी छिन्।

बंगलादेश भुटानसँग दबाबमा पारेर खेलिरहेको छ।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्