विप्लवको बन्द प्रभाव सिंहदरबारमा

बन्दकर्ताको निसानामा पर्ने डरले कर्मचारीले सरकारी पोशाक लगाएनन्

बन्दकर्ताको निसानामा पर्ने डरले कर्मचारीले सरकारी पोशाक लगाएनन्
+
-

काठमाडौँ-सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार गरेको ‘नेपाल बन्द’को प्रभाव परेको छ।

बन्दकर्ताकताको निसानामा पर्ने डरले निजातमती कर्मचारीहरु बिहीबार बिनापोशाक सिंहदरबारस्थित विभिन्‍न मन्त्रालय/कार्यालयमा उपस्थित भएका छन्।

उनीहरुले सिंहदरवारको दक्षिण गेटमा सर्वसाधारणले झै आफ्नो सरकारी कार्यालयको कार्ड देखाएर भित्र प्रवेश गरेका थिए। यसका साथै उनीहरुले कार्यालयमा सावरीबिनै उपस्थित भएका थिए भने कोही मोटरसाइकलमा आएका थिए।

काठमाडौँ उपत्यकामा बन्दको प्रभाव बिहानैदेखि परेपछि जिल्लाबाट काम लिएर काठमाडौं आएका सर्वसाधारणले सास्ती भोगेका छन्। खासगरी भिसा र पासपोर्ट बनाउन काठमाडौंका आएका सर्वसाधारणहरुलाई जिल्ला फर्कने चिन्ताले सताएको छ भने उनीहरुसँग खाने बस्‍ने उचित व्‍यवस्था कसरी गर्ने भन्‍ने समस्‍या छ।

पासपोर्ट बनाउन काठमाडौँ आएकी कैलालीकी सृजना सोनी घर जाने गाडी नपाउँदा आत्तिएकी थिइन्। उनले भनिन्,‘आज जसरी पनि घर जानुपर्ने बन्दले गर्दा जान पाइएन। भोलि पनि यस्तै हुन्छ कि ?’

बन्दमा सर्वसाधारणले सास्ती भोग्नु नपरोस् भनेर प्रहरीहरु राती देखि नै विभिन्न स्थानमा सुरक्षाका लागि खटिएका थिए। तिनै मध्यकी एक हुन्, प्रहरी जवान सिरिम बम्जन। सर्वसाधारणलाई सुरक्षा प्रदान गर्न उनी आफ्नो निन्द्रा माया मारेर विहान ३ बजे देखि काममा थिइन्। उनले भनिन्,‘हामी विहान ३ बजे देखि ड्युटीमा छौँ। सुत्न पाइएको छैन। बच्चालाई एक्लै छोडेर काममा खटिएकी छु।’

प्रहरी र सर्वसाधारणले मात्रै होइन बन्दले गर्दा सरकारी कर्मचारीले समेत सास्ती भोग्नु परेको छ। उनीहरु बन्दका समयमा पैदलै आफ्नो कार्यालय पुगेका थिए। बन्दकर्ताको निसानामा पर्ने डरले अधिकांश कर्मचारीले सरकारी पोषाक समेत लगाएका थिएनन्।

नाम नबताउने सर्तमा एकजना सरकारी कर्मचारीले भने,‘राजनीतिक तालमेल नमिलेका कारण जनताले दुख पाइरहेका छन्।कर्मचारीहरुले पनि शान्तिपूर्ण वतावरणको महशुस गर्न पाएका छैनन्। कार्यालय जाँदा सोचेर जानुपर्ने परिस्थितिको सिर्जना भएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?