भुटानको लगातार दोस्रो हारपछि नेपाल र बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं- घरेलु टोली नेपाल र साविक उपविजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्।

तीन टोली रहेको समूहमा भुटानले लगातार दोस्रो हार ब्यहोरेपछि आपसमा भिड्नुअघि नै बंगलादेश र नेपालले अन्तिम चारमा स्थान बनाएका हुन्। बिहीबार भएको खेलमा बंगलादेशले भुटानलाई २-० गोलले हरायो।

नेपालसँगको खेलमाम भुटान ३-० गोलले पराजित भएको थियो। नेपाल र बंगलादेशबीच शनिबार हुने खेलको नतिजाले समूहको विजेता र उपविजेता तय गर्ने छ।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्