थप दुई देशका राजदूतलाई मन्त्री सरहको सेवा-सुविधा

काठमाडौं- केपी ओली नेतृत्वको सरकारले दुई जना राजदूतलाई मन्त्री सरहको सेवा-सुविधा दिने भएको छ।

भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि राजदूत अर्जुनबहादुर कार्कीले उक्त सुविधा पाउने भएका हुन्। यसअघि भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्याय र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले उक्त सेवासुविधा पाएका थिए। भारतका लागि राजदूत बनेका डा. भेषबहादुर थापालाई पनि मन्त्रीसरहको सेवासुविधा सरकारले दिएको थियो।

मंगलबार साँझ मन्त्रिपरिषद् बैठकले गरेको सेवा-सुविधाबारेको उक्त निर्णय सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्