नेपालका महिला पर्यटन उद्यमीहरुलाई सघाँउदै ओयो होटल

काठमाडौँ – ओयो दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको उत्कृष्ट ३ मध्ये एक र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्र्यानचाईज होटेल र घरहरु नेपालमा संचालन हुन थालेको मेई २०१७ देखि हो ।

शुभारम्भदेखि नै ओयोले साना तथा मझौला उद्यमीहरुलाई साझेदार फ्रयानचाईजका रुपमा आफ्नै संजालमा समाबेश गर्दै, उनीहरुको आयआर्जनलाई बढाउन मद्दत गर्नुका साथै, ती होटेल र घरहरुबाट यात्रुलाई उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्न सक्षम बनाई रहेको छ ।

नेपालमा तीव्ररुपले बढि रहेको ओयोको फ्रयानचाईज होटलहरुका एक हिस्सा महिलाद्वारा सञ्चालित होटलहरुले ओगटेका छन् र त्यस्ता होटलहरु सकारात्मकरुपमा वृद्घि भइरहेका छन् । भावी दिनहरुमा पनि थप्रै महिलाद्वारा सञ्चालित होटलहरुको सफलताका कथाहरु बुन्न ओयो लागि परेको छ।

विभिन्न नेतृव्यदायी भूमिका र व्यवसायमार्फत महिलाहरुले रुढिवादी परम्परालाई त्यागेर अगुवाको रुपमा अगाडि बढिरहेका छन्। उनीहरुको व्यक्तिगत र व्यवसायीक यात्रा दुवै सान्दर्भिक छ तर जुन समस्याहरुको सामना गर्दै बाधाहरु पन्छाउदै अगाडी बढेको तथ्य छ त्यो साँच्चै नै प्रेरक छ ।

पहिला अधिकांश महिलाहरुको सहभागिता नदेखिएका छेत्रमा पनि उनीहरुको सफलताको कथा देखिन थालेका छन् । उनीहरुभित्र रहेको सुक्ष्म दृष्टि एवं दूरदर्शिता व्यापार व्यवसाय गर्नका लागि अत्यन्तै उपयुक्त हुने भएकोले पनि महिलाहरु विश्वमै उद्यमशीलतामा अगाडी आउँदैछन्।

एउटा त्यस्तै प्रेरणादायक कथा सुशीला मोक्तानको छ, जो पोखरामा अवस्थित ओयो १३४ स्ल्पिवेयल होटलकी मालिक छिन् र गत एक वर्षदेखि ओयोसँग साझेदारी गरिरहेकी छन्। ओयोसँगको आफ्नो यात्राको बारेमा बोल्दै सुशीलाले भनिन्, “ओयोको होटलहरुलाई गुणस्तरीय बनाउने अवधारणले हामीलाई निकै लाभ भएको छ । साथै ओयोले हाम्रा सम्पूर्ण कर्मचारीलाई प्रशिक्षण गरेर अतिथिहरुका लागि गुणस्तरीय आवास र सेवाको अनुभव प्रदान गर्न सक्षम बनाएको छ। म धेरै खुसी छु कि ओयोले म जस्ता महिलाहरुका लागि सफल व्यवसायी बन्ने सपना साकार गर्न अवसर प्रदान गरिरहेको छ ।”

पोखराको ओयो २५३ होटल पिनाकलकी मालिक रमा जोशी हुन्, जो ओयोसँग नेपालमा प्रारम्भिक दिनदेखि साझेदारी गरिरहेकी छिन्। उनले भनिन्, “हामी ओयोसँग सुरुवाती दिनदेखि सहकार्य गरिरहेका छौँ। ओयोले कसरी होटलका कर्मचारीलाई आफ्नो आतिथ्य क्षमता वृद्घि गर्न सकिन्छ भनेर प्रशिक्षण दिई सक्षम बनाएकोमा म ओयोको कदर गर्छु । ओयोको प्रविधि र आतिथ्य प्रशिक्षणसँगै हामीले ठूलो संख्यामा अतिथिहरु भित्र्याएका छौँ, जसमा अधिकांश यूवाहरु पनि पर्छन् । ओयोसँग साझेदारी गरेर हाम्रो व्यवसाय र ग्राहक संख्यामा वृद्घि भएको छ।”

ओयोले एकीकृत प्रविधि प्रणाली र कार्यसञ्चालन क्षमताद्वारा एकल होटलहरुलाई रुपान्तरण र नवीकरण गर्दै ओयोका फ्रयानचाईज होटलहरुको गुणस्तर वृद्घि गर्नुका साथै अतिथियात्रुहरुको लागि उत्कृष्ट अनुभव दिन सक्षम भएको छ । साथै ओयोका होटलहरुमा ग्राहक पनि वृद्घि भइरहेका छन्।

ओयोद्वारा प्रत्येक होटल संचालकलाई उच्चस्तरीय प्रविधिको पहुँच पु¥याएको छ जसले होटलका संचालकका र प्रबन्धकका लागि दैनिक सञ्चालनमा पूर्ण नियन्त्रण गर्न, लागत घटाउन, कर्मचारी दक्षता बढाउन र समय बचत गर्न मद्दत गर्छ । उनीहरुको व्यवसायसँग सम्बन्धित सम्पूर्ण कुराहरु ओयोको प्रविधिमार्फत सहजै निगरानी र प्रबंधनगर्न सकिन्छ । ओयो होटल्स् एण्ड होम्स्को नेपालमा १५० भन्दा बढि होटल र २५०० कोठाहरु रहेका छन्।

 

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू