ड्रयागन गर्ल्सको खेल जित्ने सपना अधुरै, बंगाल टाइगर हाबी (फोटो फिचर)

विराटनगरमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको खेलमा बंलादेशको खेलाडीले गोल गर्दै। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

मोरङ- विराटनगरमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको खेलमा बंलादेशले भुटानलाई २-० गोलले पराजित गर्‍यो।

बङलादेशका लागि मध्यपत्तिका याहान मौषमीले हेडमार्फत गोल गरिन्। यस्तै अग्रपंक्तिका सबिना खातुनले डि बक्सभित्रबाट सुन्दर गोल गर्दै टोलीलाई दुई शुन्यको अवस्थामा पुरार्‍याइन्। बंगलादेशसामू भुटान यो खेलमा निरीह बन्‍यो खासगरी दोस्रो हाफमा।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू