सिरहाको गोलबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौँ– सिरहाको गोलबजारमा एनआईसी एशिया बैंकको शाखा सञ्चालनमा आएको छ।

गोलबजार नगरपालिका ४ मा रहेको शाखाको गोलबजार नगरपालिकाका मेयर देवनाथ शाहले बिहीबार उद्घाटन गरेका हुन्।

शाखाको उद्घाटन समारोहमा नगरपालिका मेयर शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै एनआईसी बैंकको प्रशंसा गरे।

योसँगै देशभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

 

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्