भारतलाई अहंकार देखाएर आफैँलाई नोक्सान गर्दैछ पाकिस्तान

भारतीय सेनाले पाकिस्तानमा ‘एयर स्टाइक’ गरेपछि पाकिस्तानले बलपूर्वक जवाफ मात्र हैन, उसले भारतीय सिनेमा अनि टेलिभिजन कार्यक्रमहरुमा पनि रोक लगाएको थियो।

पाकिस्तानले आफ्नो रीस जताउने र बदला लिन यो तरिका सजिलो थियो। तर कस्तो संयोग, पाकिस्तानको यो दाउ उल्टो पर्‍यो।

बिबिसी संवाददाता इलयास खान र शुमाइला जाफरीले आफ्नो रिपोर्टमा यस बारेमा व्याख्या गर्ने कोशिस गरेका छन्।

भारत र पाकिस्तान सन् १९४७ मा छुट्टिएपछि देखि नै एक अर्कासँग भिडिरहेका छन्।

तर बलिउडको कुरामा दुई देश बिचको तनाब बिचमा पनि प्रेम थियो।

यस्तो हुँदा हुँदै पनि नियन्त्रण रेखा भन्दा पारी वा वारी केही भयो भने यसको सिधा प्रभाव बलिउडमा नै पर्छ । बलिउड यसको सिधा चपेटामा पर्छ।

राजीरोटिसँग जोडिएको विषय

पाकिस्तान यशोसियशन अफ फिल्म एक्टिभिटिज भन्छन्, पाकिस्तानले भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाउँदै थियो, पाकिस्तानको सर्वोच्च अदालतले एक कदम अगाडि बढ्दै आदेश पनि दियो ‘भारतसँग जोडिएको कुनै पनि कार्यक्रम अब प्रशारण नगर्ने।’
यहाँसम्मकी स्थानीय च्यानलमा पनि भारतीय कार्यक्रमहरु कुनै पनि प्रशारण हुने छैनन्। यो नियम धाराविहक देखि चलचित्रमा पनि लागू हुन्छ।

पाकिस्तानको सवोच्च अदालतले प्रतिबन्ध लगाउँदै भन्यो की ‘को होला जो भारतको अहिलेको क्रियाकलाप पछि पनि भारतीय मनोरञ्जन कार्यक्रम हेर्न चाहन्छ।’

२४ वर्षकी छात्रा अक्शा खान यो कुरालाई मनैदेखि स्वीकार्छिन्।

उनी भन्छिन्, ‘उनीहरु हामी माथि युद्ध थुपारिरहेका छन्। यस्तोमा हामी कसरी उनीहरुको चलचित्र र धारावाहिकलाई यहाँ प्रशारण हुन दिन सक्छौ ?’

तर पाकिस्तानमा भारतीय चलचित्रमाथि लागेको प्रतिबन्धले सबैभन्दा प्रभावित को हुन्छ, यो नतिजा देखिन बाँकी छ।
भारतीय चलचित्र र धारावाहिकलाई मन पराउने ठूलो जमात पाकिस्तानमा छ तर देशभक्तिको लागि उनीहरु सरकारको प्रतिबन्धलाई समर्थन गरिरहेका छन्।

अलि शिवारी नामका एक युवा भन्छन्, ‘म शाहरुख खान, आमिर खान र सलमान खानलाई हेरेर हुर्केको हुँ।’ उनी भारतीय चलचित्रबाट धेरै प्रभावित भएका थिए, उनले भारतीय चलचित्र हेरेकै कारण चलचित्र सम्बन्धि पढाई सुरु गरेका हुन्।

उनी भन्छन्, ‘पाकिस्तानी चलचित्र क्षेत्रमा बलिउडको जस्तो बजार पाउने हुन अझै समय लाग्नेछ।’

कमाईका किस्सा

पाकिस्तानमा भारतीय चलचित्र प्रतिबन्धको सबैभन्दा जरुरी कुरा भनेको आर्थिक परिणाम हो।

पाकिस्तानका एक चलचित्र पत्रकार रफय महमूद भन्छन्, ‘पाकिस्तानको बक्स अफिस बाँचिरहन भारतीय सिनेमा प्रदर्शन हुन जरुरी छ।’
पाकिस्तानमा झण्डै एक सय २० चलचित्र हलहरु छन्।

उनका अनुसार एउटा औसत खालको चलचित्र बक्स अफिसमा झण्डै दुई साता प्रदर्शनमा आउँछन्, उनको आँकडा अनुसार पाकिस्तानका चलचित्र हल चल्नको लागि कम्तीमा २६ नयाँ पाकिस्तानी चलचित्र बन्न जरुरी छ।

अर्का पत्रकार हसन जैदीका अनुसार, झण्डै ७० प्रतिशत पाकिस्तानी चलचित्र उद्योगको राजस्व भारतीय चलचित्रबाट आउँछ।

‘यो प्रतिबन्ध धेरै लामो समयसम्म टिकिराख्न सक्दैन’, उनी भन्छन्, ‘पाकिस्तानी सिनेमा उद्योग बिना भारतीय चलचित्र अगाडि बढ्न सक्दैन।’

पछिल्लो घटनालाई हेर्ने हो भने जब जब पाकिस्तानमा भारतीय चलचित्र र धारावाहिक कार्यक्रममा प्रतिबन्ध लाग्छ, पाकिस्तानलाई कस्तो अवस्थाको सामना गर्नुपर्छ। भारतीय मनोरञ्जनको पाकिस्तानमा प्रतिबन्ध लागेको यो पहिलो पल्ट होइन।

सबैभन्दा लामो प्रतिबन्ध ४० वर्षसम्मको रह्यो । सन् १९६५ मा भएको युद्ध पनि पाकिस्तानमा कुनै पनि भारतीय चलचित्र प्रर्दशनमा आएका थिएनन्। जब यो प्रतिबन्ध हट्यो पाकिस्तानी चलचित्र उद्योग, जो नब्बेको दशकमा लगभग मृतप्राय भईसकेको थियो, बिस्तारै बिस्तारै उठेको थियो।

पाकिस्तानको न्यूज वेवसाइट ‘डन न्यूज वेवसाइट’ का सम्पादक अतिका रहमानका अनुसार प्रतिबन्ध हटेपछि पाकिस्तानी चलचित्र उद्योगको उन्नती बिस्तारै बिस्तारै हुँदै थियो, दर्शक सिनेमा हेर्न हल आउँन थालेका थिए।

‘यसले पाकिस्तानी चलचित्र निर्माणकर्तालाई पनि उत्साहित गरेको थियो र उनीहरु चलचित्र निर्माण गर्न थालेका थिए।’ उनी भन्छिन्, ‘भारतीय चलचित्र प्रतिबन्ध हुँदा पूरै पाकिस्तानमा भएका धेरैओटा सिनेमा घर अनि सपिङ मल बन्द हुने अवस्थामा पुगे, धेरै ओटा सिनेमा घर पार्टि प्यालेसमा बदलिए।’

सत्यता के हो भने पाकिस्तानी चलचित्रले कहिले पनि बलिउडको जसरी भब्यताका साथ स्टार कास्ट गर्न सक्दैन। सिनेमा उद्योगमा जोडिएका एक विशेषज्ञका प्रश्न छ, अहिले बलिउडको चलचित्रलाई ६० प्रतिशत स्क्रिनिङ किन पाउँछ। हलिउडका चलचित्र पनि यो विषयमा पछि पर्छन्।

अर्को सत्यता के हो भने भारतीय सामाग्रीमा पाकिस्तानमा जुन प्रतिबन्ध लागेको छ, यो प्रतिक्रिया दिएको जस्तो देखिन्छ। पाकिस्तानले प्रतिबन्ध लगाउनुभन्दा पहिला भारतको अखिल भारतीय सिने वर्कर्स एशोसियसनले पलुवामा आक्रमण पछि पाकिस्तानी कलाकार र अभिनेतालाई भारतीय मनोरञ्जन क्षेत्रमा प्रतिबन्ध लगाएका थिए।

यो पहिलो पटक होइन जहाँ भारतले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाएको । यो भन्दा अगाडि पाकिस्तानी कलाकार फवाद खानलाई बलिउड चलचित्रमा काम गर्न रोक लगाइएको थियो। सन् २०१६ मा भारतीय दक्षिणपन्थी समूहले सर्जिकल स्ट्राइक गरेपछि सबै पाकिस्तानी कलाकारलाई देश छोडेर जाने आदेश दिइएको थियो।

फवाद खान बलिउडका धेरै चलचित्रमा काम गरिसकेका छन् र भारतमा उनको प्रशंसकको कुनै कमी छैन।

यस्तै सन् २०१७ मा बलिउडका स्टार शाहरुख खानले चलचित्र ‘रहिस’ मा पाकिस्तानी अभिनेत्री माहिरा खानसँग काम गरेका थिए। यस विषयमा भारतमा धेरै विवाद पनि भयो।

भारतका दक्षिणपन्थीले यो चलचित्र प्रदर्शनमा रोक लगाउने माग राखेका थिए। त्यसपछि भारतमा यो चलचित्रको प्रदर्शन मिति पर सरेको थियो। पाकिस्तानमा यो चलचित्र प्रदर्शनमा आउन नै सकेन।

पाक सेन्सर बोर्डले यो चलचित्र आपत्तिजनक भएको बताउँदै पाकिस्तानमा प्रदर्शन गर्न दिएन। पाकिस्तानी चलचित्र निर्माता नदीम माढवीवामा आशा गर्छन, यो प्रतिबन्ध अल्पकालिक होस्। ‘आशा गरौ दुवै देशमा चाँडै नै समझदारी विकास होस्।’

तर यो कुरा बिर्सन हुँदैन की हिजोआज बलिउडलाई नेटप्लिक्स र अरु दोस्रो प्ल्याटफर्ममा धेरै मन पराउन थालिएको छ, यो प्रतिबन्ध प्रतिकात्मकता भन्दा धेरै केही हुन सक्दैन।

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्