अधिकांश क्षेत्रमा बदली भएर पानी पर्ने सम्भावना

काठमाडौँ – देशको पश्चिमी भूभागमा शुक्रबारको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भागहरुमा मौसम आंशिक बदली रहने छ ।

देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू