आलियाको २६ औँ जन्मदिन! बलिउडमा कसरी भएको थियो इन्ट्री?

आलिया भट नयाँ पुस्ताकी सफल अभिनेत्री मध्येकी एक हुन् । उनी शुक्रबार आफ्नो २६ औँ जन्मदिन मनाइरहेकी छन् । उनले २०१२ मा आएको चलचित्र स्टुडेन्ट अफ द ईयरमार्फत आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

उनले चाइल्ड एक्टर (बाल कलाकार) का रुपमा पनि काम गरेकी थिइन् ।

स्टुडेन्ट अफ द इयरको अडिसन हुँदा आलिया १७ वर्षकी थिइन् । एक रिपोर्टका अनुसार आलिया स्कूलकै ड्रेसमा अडिसन दिन पुगेकी थिइन् । झण्डै पाँच सय युवतीलाई पछि पार्दै आलिया छनौटमा परेकी थिइन् ।

यो चलचित्र बाक्स अफिसमा हिट सावित भएपछि आलियाको चर्चा चुलिएको थियो । यसमा वरुण धवन र सिद्धार्थ मल्होत्राले पनि अहम भूमिका निभाएका थिए ।

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्