नेपाली जनसम्पर्क समिति आयरल्यान्डको प्रथम अधिवेशन मे २२ मा हुने

नेपाली जनसम्पर्क समिति आयरल्यान्डले आगामी मे २२ मा समितिको प्रथम अधिवेशन गर्ने निर्णय गरेको छ । केहीदिन अघि बसेको समितिको कार्यसमिति बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।

समितिका सभापति शुक्रराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले कर्क शहरमा अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नका लागि कार्यसमितिको बैठकले अधिवेशन मुल तयारी समितिका साथै अन्य विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।

समितिका अध्यक्ष शुक्रराज न्यौपानेको अध्यक्षतामा मुल तयारी समिति गठन गरिएको छ । निर्वाचन समिति संयोजकमा नवराज कोइराला, उप संयोजकमा राम नारायण पौडेल सदस्यहरुमा संजय अधिकारी र समीर थापा चयन भएका छन् ।

त्यस्तै अनुगमन तथा विधान समिति संयोजकमा विनोद कार्की र उप संयोजकमा अच्युत गैरे, प्रचार–प्रसार समिति संयोजक प्रकाश सापकोटा, उप संयोजक चमन राना, सदस्यमा राजकुमार खरेल र प्रवीन कोईराला रहेका छन् ।

अर्थ समिति संयोजकमा लक्ष्मी सापकोटा, उप संयोजकमा राजकुमार महत र सदस्यहरुमा गणेश प्रसाई र भीम गौतम रहेका छन् ।

परामर्श समिति संयोजकमा अमृत जोशी र सदस्यहरुमा रमेश गुरुङ्ग र हुमनाथ पोखरेल, सदस्यता वितरण समिति संयोजकमा अंकित ओली रहेका छन् । सदस्यहरुमा लक्ष्मी पौडेल, संजय अधिकारी र अनिश भण्डारी रहेका छन् ।

त्यस्तै यातायात तथा अथिति व्यवस्थापन समिति संयोजकमा सागर लामा,सदस्यहरुमा शालिकराम खनाल, सुमन गुरुङ्ग रहेका छन् भने अतिथि सत्कार तथा स्वागत समिति संयोजकमा भागीरथी त्रिपाठी र सदस्यहरुमा लक्ष्मी पोखरेल, शर्मिला पौडेल, सुरक्षा खड्का रहेका छन् ।

हल तथा खाना व्यवस्थापन समिती संयोजकमा रुपेश रेग्मी, उप संयोजकमा हरि गौतम, सदस्यहरुमा सरोज पोखरेल र राम गुरुङ, स्वयंसेवक समिति संयोजकमा लोकेश धामी, उप संयोजकमा विवेक पोखरेल र सदस्यमा जोनस जोशी रहेका छन् ।

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्