न्युजिल्याण्डको मस्जिदमा आक्रमण, ठूलो हताहती

न्युजिल्याण्डको क्राइस्ट चर्चमा अन्धाधुन्द गोली प्रहार गरेर एक हमलाकारी फरार भएका छन् । स्थानीय प्रहरीले उनी शहरमा छिरेकाले सुरक्षा अपनाउन चेतावनी दिएको छ ।

प्रत्यक्षदर्शीले स्थानीय मिडियालाई दिएको बयान अनुसार हमलामा ठूलो हताहती भएको छ । प्रहरीको चेतावनीपछि सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मस्जिद भित्र रहेका धेरैलाई गोली लागेको छ ।

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्