न्युजिल्याण्डको क्राइस्ट चर्चमा आक्रमण

बंग्लादेशी क्रिकेट टीम सुरक्षित

न्युजिल्याण्डको क्राइस्ट चर्चमा भएको हमलामा त्यहाँ नजिकै रहेको बंग्लादेशी क्रिकेट खेलीहरु सुरक्षित छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित रहेको बताइएको छ ।

त्यहाँ अन्धाधुन्द गोली प्रहार गरेर एक हमलाकारी फरार भएका छन् । स्थानीय प्रहरीले उनी शहरमा छिरेकाले सुरक्षा अपनाउन चेतावनी दिएको छ । प्रत्यक्षदर्शीले स्थानीय मिडियालाई दिएको बयान अनुसार हमलामा ठूलो हताहती भएको छ ।

प्रहरीको चेतावनीपछि सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् ।  प्रत्यक्षदर्शीका अनुसार मस्जिद भित्र रहेका धेरैलाई गोली लागेको छ ।
बंग्लादेशी क्रिकेट टीम अहिले न्युजिल्याण्ड भ्रमणमा छ ।

न्युजिल्याण्डमा रहेको बंग्लादेशी क्रिकेट टीमलाई फलो गरिरहेका एक पत्रकारले ट्वीट गरेका छन् ‘टीम हेगली पार्की नजिकै रहेको मस्जिदबाट सुरक्षित बचेर आएको छ यहाँ एक सक्रिय शूटर छ ।’

खेलाडी तमीम इकबालले ट्वीट गरेका छन्, ‘हाम्रो टीम सक्रिय शूटरबाट सुरक्षित बचेको छ ।’

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्