न्युजिल्याण्ड आक्रमणमा संलग्न रहेको आशंकामा एक महिलासहित चारजना पक्राउ

न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा संलग्न भएको आरोपमा त्यहाँको प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरी कमिश्नर माइक बुशले भनेका छन् कि चारजना अहिले प्रहरी हिरासतमा छन् । उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् । गोलीबारीमा कम्तीमा २७ जनाको ज्यान गएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा अर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासमा सबैभन्दा कालो दिन रहेको बताएका छन् ।

सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित छन् ।

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्